Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Friday, February 22, 2013

सहमती अझै जारी छ

प्रेम वलि
चार दल
पशुपतिका चार ढोका जस्ता
सबैका सकल्प पनि
पानीका फोका जस्ता
सहमतीमा पुग्न सिस्नोको घारी छ
तर पनि भन्दैछन
सहमती अझै जारी छ ।

एउटा आन्दोलन छेड्छ
अर्को जनपरिचालन खेर्छ
भत्ता पक्ष हरेक दिन कुरा फेर्छ
प्रतिपक्ष छक्क परी टुलुटुलु हेर्छ
प्रधानमन्त्री भन्छन -
सत्ताको साचो पारी छ
तर पनि
सहमती अझै जारी छ ।

Wednesday, October 31, 2012

दशै


प्रेम वलि

 पोहर पनि आयौ
परार पनि आयौ
यसपाली
कुनै हालतमा नआउनु भनेकोथे
तिमी यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने  पनि
जनकपुरको रेल झै
बिस्ताsssssरै आउनु नि
तिमी अल्लारे ठिटाठिटी झै
ढकढकाट  आयौ
यदी आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
लोकल ठर्रा होइन
खसी बोकाको साथ
व्हुस्की बियर  ल्याउनु
पोहरको जस्तो ऋण लगाउने होइन
आउँदा टन्न गाठ लिएर आउनु

Thursday, September 20, 2012

आमाको अवहान

प्रेम वलि
मिठो खाने
राम्रो लाउने
सपना उनेर
राजधानी पसेको
मेरो अल्लारे छोरो
सुन्छु  आजभोलि
जाडरक्सी सङ्गै
गाजा अफिम धुत्छ
सडकमै बस्छ
सडकमै सुत्छ
मनाही लेखेको ठाउमा
लाजै नमानी मुत्छ
बिन्ति छ
पठाइ दिनु है
रात्री बसमा हालेर
छोराको चिन्ताले  यहाँ
आमाको मन धेरै  दुख्छ ।

Saturday, August 11, 2012

फेरी नेपाल बन्द छ

प्रेम वलि

हल्लो प्रेम !
गाडी छैन
ट्याक्सी छैन
कस्तो नेपाल !
एयरपोर्टबाट फोन गर्दै
खैरे साथी भन्दछ
मैले भने
अब लुरु लुरु हिड्दै आउ
किनभने
आज नेपाल बन्द छ ।

एक दिन
श्रीमतिलाई असय भयो
काटेको कुखरा जस्तो
छटपटाउन लागि
खुर्सानी दलेको जस्तो
कहिले यता भागी
कहिले उता भागी
ट्याक्सीको लागि कुदनु सम्म कुदियो
किन आजै जन्मनु पर्ने यो बच्चालाई ?
झोक देखाउदै आँफैले आँफैलाई सोधियो

Friday, July 27, 2012

गद्य कविता

म हरेक बिहान उही शब्दको खोजीमा
रामकृष्ण पौडेल"अनयास"
प्रत्येक झुपडी चहारी रहेको छु,
सोध्न खोज्छु एक बुदी आमा आँसुको
समुद्र थुन्दै भन्छिन्,
खोज तिमी मेरो अन्तिम चितासम्म पनि पर्खिरहने छु ;
मेरा पाईला थाकिसकेका छन्
हरेक मान्छेको मुहार मलिन छ
पर्खिरहेका छन फेरि भोलिको बिहान
म निरन्तर खोजिरहेको छु
साथमा लिएको कलम पनि खिया लागिसक्यो
गलिसके हात जसमा कलम र कागजको टुक्रा थियो ।
त्यही जमिसक्यो मसि धमिराको आहारा बनिसक्यो
त्यो टुक्रा कागज,
जसमा म खोजिरहेको शब्द भेटी कैद गर्न चाहन्थे ।
अब त खै कहाँ छ ?

Tuesday, July 24, 2012

आज भोली

प्रेम वलि
आज भोली मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
संबिधान नलेख्ने पाजिहरुलाई
थचक्कै बस्ने गरी
दिउ जस्तो लाईराछ
सहमती तोड्ने आचीहरुलाई
ढलमै  खस्ने गरी
दिउ जस्तो लाईराछ ।

अरु भन्दा यहाँ
मान्छे सस्तो भईराछ
छाडा सस्कृती
साँढे प्रबृतीले
हाम्रो समाज
खै कता गैराछ
आज भोली मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
साँढेहरुलाई
दुई चार दनक
देउ जस्तो भईराछ ।  

Saturday, June 30, 2012

कृष्णभूषण बलका चर्चित कविता

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

स्व. कृष्णभूषण बल
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।

नाच्नुपर्छ पैतलाहरुले अब भनज्याङ्गहरु
टेक्नुपर्छ , आँखाहरुले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखीझै फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ ।

एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन , ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन , थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउले सगर थामन खोजेर थामिन सक्दैन सगर
वर्षे भेलको सानो चपेटले , मेट्न खोजेर मेटिन्न बगर
पहाड, मधेश, थुम्काथुम्की र उकालीओरालीको देश
कसेको पेवा होइन , कसैले ठेक्का लिएर पनि हुनेछैन
मुहान जो बग्नुपर्छ , जम्नुको यसको कुनै अर्थ हुँदैन
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।

Tuesday, June 19, 2012

अगाडि बड्न देउ!

  घायलश्री-पर्बत
हो....!
यात्रा मेरो लामो छ र जटिल पनि
तर ......
कोही नडराउ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो ,
तिनै धुर्त स्याल र ब्वासाहरु बाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्यत लुटिदा...
हो तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानबहरुबाट मुक्त्ती पाउनको लागि
कलम चलाऊने हातले
तरबार खेलाउनु परेको छ

मेरो शहर कति झल्ला छ

प्रेम वलि
यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ
काम नगर्नेहरु बाट नै
भाषन ठुलो ठुलो छाटिन्छ
हुट्टी ट्याउले  आकाश आटे झै
आश्वासन ठुला ठुला बाटिन्छ
भुसिया कुकुरबाट
जनताको दिमाग चाटिन्छ
आज एउटा कुरोको सल्लाह छ
भोली अर्कै कुरोको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

Sunday, June 10, 2012

हामी

प्रेम वलि
बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलीमा सधैं चढने
बलिका बोकाहरु हामी
शिकारीहरु अर्कै
शिकार खानेहरु अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दुध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै
खाए पछी फ्याकिने
दुधका पोकाहरु हामी
चोर आए पनि
डाँका आए पनि
लुटेरा आए पनि
बेश्या आए पनि
सधैं खुला रहने
मन्दिरका ढोकाहरु हामी

Tuesday, April 17, 2012

मेरो शहर कति झल्ला छ

प्रेम ओली
यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ
काम नगर्नेहरु बाट नै
भाषन ठुलो ठुलो छाटिन्छ
हुट्टी ट्याउले  आकाश आटे झै
आश्वासन ठुला ठुला बाटिन्छ
भुसिया कुकुरबाट
जनताको दिमाग चाटिन्छ
आज एउटा कुरोको सल्लाह छ
भोली अर्कै कुरोको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

Tuesday, March 13, 2012

होली


प्रेम वलि

नलको पानी
ढलको पानी
बेलुनमा हाली
बाल्टिनमा हाली
कसियो टोली
भिजाउन चोली
तरुनी ताग्दा
बुढीलाई लाग्यो
बर्सियो गाली
कुलेलम भाग्यो
स्कुटी   चढी
आएकी मैया
बेलुनले डस्दा
गर्दछिन ऐया
पातलो टिसर्ट
निथ्रुकक भिज्यो
लालची आँखा
फोटो त्यो खिज्यो ।

Thursday, January 26, 2012

नयावर्ष

प्रेम राना
 भर्खर मैले.....
 च्यातेर मिल्काईदिए
 मेरो देशको भित्तामा
टासिएर बसेको २०११ को
त्यो थोत्रो क्यालेन्डर ......

राजनीतिक खिचलो
महंगी,हत्या,हिंसा,...
 लुटपाट,अपहरण,बलात्कार
उफ़ हेर्दै....
 घिनलाग्दो गरि
तछाडमछाड गर्दै
२०१२ मा प्रबेश गर्न
आतुर......
लाखौ करोडौ नेपालीहरुको
भबिस्य माथि .....

Monday, December 26, 2011

फुटकर कबिता

प्रेम ओली
१) प्रध्यापक
किताबि ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफुले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।

२)  ब्यापारि
यताको उता
उताको माल यता झारी
बस्तुहरुको शङ्कट पारी
ग्रहाकहरुलाई थलापारी

Sunday, December 18, 2011

"यात्रा"

रामकृष्ण पौडेल"अनयास"
पर्खि एकछिन् कता डोर्याउँछस् कलम
अनि मेरा भावना र कल्पना प्रष्ट सँग
छताछुल्ल,पर्दाफास गर्न अविरल दौडिरहेको
लक्ष्य बिहीन यात्रा कहाँ टुङ्गाउने हो ।
म आफै अन्योल छु ।
सारा जन्ता लाई झुक्याएर नेताको
आँङ र आँतको प्यासलाई मेटाएर पुगेन र तलाई ?
मेरो आँसु र ह्रदयमा भरिएको पिडा र ब्यथालाई
कपिमा रङको होली खेल्न
मेरै घरमा धाउछस् !
जा कलम छिट्टै जा मुत्ति

Wednesday, October 19, 2011

छन्द कविता

छन्द- सार्दुलबिक्रिदित
हिरा भट्ट
खान्छे कोइलिले  पियुस जुन त्यों त्येई द्रब्य खान्छु म त/
ठाडो शीर झुकाउनु ''मरण हो''  एई धर्म मान्छु  म त //
आफ्नै पौरख ले बगाई पसिना यो देश मा बस्दछु/
 ढिडो गुन्द्रुक होस्  परन्तु खुशिले त्येई गास मा मस्त छू//

  
आमाको मन त्यो गुरांसी बन त्यो  त्येई स्वर्ग मान्छु म त //
छानो त्यो खर को गरीब घरको  कैलाश ठान्छु म त //

Sunday, October 16, 2011

यसपालिको दशै

प्रेम ओली
 दशै आयो
जसरी आउथ्यो
यसपाली पनि
त्यसरी नै आयो
गाउ जादा
टिकट बुक गर्नु भनेकोथे
मानेन दशै
कहिले मुडाँ चडदै
कहिले हुँडाँ चड्दै
खानु सास्ती खायो ।

Sunday, October 9, 2011

कस्तो रनभुल्लको बाटो

प्रेम ओली
यो बाटो
त्यो बाटो
हिड्दै  जादा दोबाटो
टोली   अल्मलियो
अब हिंड्ने कुन बाटो
यात्रा  ढलमलियो
एउटा बाटो
नसकिने बाटो
अर्को बाटो
बिचमै सकिने  बाटो
यात्रु   धरमरियो
कस्तो घनघोर बाटो ।

Monday, September 26, 2011

दशैं _कविता

प्रेम ओली
पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने  पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाट  आयौ
यदी आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
र लोकल ठर्रा होइन
रागो बोकाको साथ
झक्कले अनी अक्कले खसी ल्याउनु ।

परार जस्तो
फाटेको टोपी
अनी टालेको सुरुवाल होइन
सर्बहारा नेताले जस्तो
टाइसुट र बिदेसी बुट ल्याउनु
नेता फुटे पनि
पार्टी टुटे पनि
जनतामा सदा एकजुट ल्याउनु
 सकिन्छ भने

Saturday, September 17, 2011

मैले देखेको सपना

प्रेम ओली
हरित पत्रहरुको
एउटा बिशाल बृक्ष
पातहरु झागिदै
हागाहरु हागिदै
गाठाहरु कसिदै
जराहरु धसिदै

र म


ती प्रत्रहरुको बिस्तारामा
कहिले  रमाउदै खाँदै
कहिले खाँदै रमाउदै गरेको बेला
अचानक ठुलो आधी आउँदा
पातहरु उड्दै
हागाहरु चुडिदै