Tuesday, July 24, 2012

आज भोली

प्रेम वलि
आज भोली मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
संबिधान नलेख्ने पाजिहरुलाई
थचक्कै बस्ने गरी
दिउ जस्तो लाईराछ
सहमती तोड्ने आचीहरुलाई
ढलमै  खस्ने गरी
दिउ जस्तो लाईराछ ।

अरु भन्दा यहाँ
मान्छे सस्तो भईराछ
छाडा सस्कृती
साँढे प्रबृतीले
हाम्रो समाज
खै कता गैराछ
आज भोली मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
साँढेहरुलाई
दुई चार दनक
देउ जस्तो भईराछ ।  
गणतन्त्रमा
नयाँ राजा बन्ने काजिहरुलाई
दाम राखी ढोकु जस्तो लाईराछ
यस्तो गर्छौ उस्तो गर्छौ भनी
जनता ठ्ग्ने नाजीहरुलाई
गाममा लगी ठोकु जस्तो आइराछ
आज भोली मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
काजिहरुलाई दुई चार लात्ता
दिउ जस्तो भईराछ ।

यिनकै लागि
जनताले रगतको कुलो बगाए
यिनकै लागि
जनताले भोको पेट्मा चुलो लगाए
आज जनताले खानु  ठक्कर खाइराछ
हिजो जस्तै आज पनि
सानो कामलाई सिंहदरबारमा
गोल चक्कर लाईराछ
यस्तो देख्दा मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
जनताको चयन सब गईराछ    ।

शाहीद सपना मिच्दै
जनताको भावना किच्दै
नयाँ हिट्लर आइराछ
उधोमीको दोलो  सेक्दै
किसानको ढाट टेक्दै
राहतको गित गाईराछ
आज भोली मलाई
खै कुन्नी
कस्तो कस्तो भैराछ
जनतासङ्गै यो मन पनि
आशुले     नयन  धोइराछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..