Tuesday, November 9, 2010

रमाईलो गाउँ बस्ती

हिरा शाही
लेखपराजुल २,सुर्खेत

पाखा पखेरा रमाईलो यो गाउँ बस्ती
यहाँ,सौेन्दर्यताको बयान नै गर्न सक्दिन अनगिन्ती
वरिपरी हरियाली डाँडाँले घेरिएको यो हाम्रो गाउँमा
रमाई रहेछन सबै जना आमा बुवाको त्या न्यानो काखमा
आहा, कति राम्रो भिरपाखामा काटिएका खरहरु
यहाँ, बस्नलाई बनाईएका ती छानाका घरहरु
यहा छन हरेक रित हरेक भाषा भिन्न भिन्न रहेका
यहाँ,हुन्छन दिदि बहिनीले गुन्यौ र चोलो पटुकी बाँधेका
छन,दाजु भाइ आफ्नै भेषमा उठेका
सम्झ त हाम्रे गाउँ कति रमाईलो
आफ्नै भाषा संस्कृतीमा रमझम भएको
यहाँ, छैन अन्याय र अत्याचार सबै बन्द भैसके
यहाँ,छैन कुसंस्कार र भाइचारा शुरुमा नै फ्याकीसके
यहाँ,त मात्र छन शिक्षाका भण्डारहरु
उम्रिन लागेका मुना जस्तै भविश्यका कर्णधारहरु
बन्द भएका वाटाहरु खुलाउन देखेका वाटाहरु
जव गर्छन प्रयास अनि हुन्छ समाजमा परिवर्तनहरु
नदि र खोलाहरुका किनारमा गुन्जिएका गुन्जायमान स्वरहरु
अनि उर्लिन लाग्छ ठिटा र ठिटीहरुका माया र प्रीतिका कुराहरु
हातेमालो गर्दै उठेका हुन्छन धारा र पधेंराहरुमा
साह्रै रमाईलो हुने गर्दछ यो हाम्रो गाउँ बस्तीहरुमा

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..