Wednesday, September 7, 2011

गजल (जवाफ)

(रामकृष्ण पौडेल) अनयास
तिमी मरेर म ज्युनुमा कस्को लागि बाँच्नु अब
मेरो पनि शंख बज्यो सँगैचिता गाँस्नु अब ।

म पनि त संगै छुनि तिम्लाई पोल्दा मलाई दुख्छ
केको लागि चाहियो पिपल आफैले नै मास्नु अब ।

कस्लाई लिएर जान्छ्यौ र,वाच्दा तिमी सँगै बाँचे
साँच्नु छैन बाल चिता आनन्दले हाँस्नु अब ।

म जलेको अन्तिमसम्म ,बस त्यस्तो लाग्छ भने
उठाएर मेरो अस्तु आफ्नै सिनदुर सँग दाज्नु अब ।

विश्वासनै रै छ बाधा ईच्छा एउटै भएपछी
अर्को जन्म सँगै बाँचौ सिउदो खालि राख्नु अब     ।       

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..