Wednesday, September 7, 2011

गजल (सवाल)

(मिथिला प्याकुरेल)
मेरो घरमा शङख बज्दा त्यसको तालमा नाच्नु तिमी
म त मरेर माटोमा मिल्छु यूगौ युग बाच्नु तिमी ।

मेरो चितामा आगोको कुनै सानो झिल्कोले जब भेट्छ
सँगै मिलि सारेको पिपल त्यतिनै बेला भाच्नु तिमी ।

मेरो लासमा चढ्ने फुलझै तिमो्र जिवन फुलिराखोस्
मेरो संसार त उजाड्यौ आखिर अर्काको लागि साँच्नु तिमी ।

मेरो त्याग प्रश्न चिन्ह भै दोसाधमा उभियो भने
मेरो अस्तु र तिम्रो अर्धाङगिनिको सिन्दुर जोखेर जाँच्नु तिमी ।

अन्तिम ईच्छा मेरो हे प्रभु म मरेर पनि उनिलाई स्पर्श गर्न
मेरो स्पर्श र उनको अंगालो सक्यौँ भने दाज्नु तिमी ।   

2 comments:

  1. मिना चन्दSeptember 8, 2011 at 8:33 AM

    मिथिला सिस अरु त सबै ठिक छ एउठा सल्लाह लय मिलाउनु पर्ला ....।

    ReplyDelete
  2. man dekhi nai man paryo vanya keep it up hai

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..