Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, August 25, 2013

गजल

आगोले छानो जलाउन चाहेन
कपिल अञ्जान

हुरीले पनि घर उडाउन चाहेन

किन पुरा जिन्दगी ध्यानमै बितायो
महात्माले रहस्य बताउन चाहने

पहाडलाई चुनौति दिएर फर्कियो
तुफानले ताजमहल भत्काउन चाहेन

त्यो हत्यारा उसकै सन्तान रहेछ
न्यायाधिसले फैसला सुनाउन चाहेन

Sunday, August 18, 2013

गजल

सुरेशसुमन डागी
कति जाति हुन्थ्यो कुनै दवाब नभए ।
माँगेर खाने हाम्रो स्वभाव नभए ।।

शिर उँचो हुन्थ्यो छाती फुल्थ्यो गर्वले,
मनमा राष्ट्रियताको थोरै अभाव नभए ।।

चिन्थ्यो देश विश्वले स्वाभिमानी छ भनि,
एक आपसमा यसरी मनमुटाव नभए ।।

लुट्नेलाई के भो लुटाउने राजी भए,
बच्थ्यो अस्मिता छिमेकीको प्रभाव नभए ।।

Monday, May 20, 2013

गजल

निशान के.सी.
समय आफै फर्किदानि पछि फर्किईनौ
अघि अघि हिड्दानि पछि फर्किईनौ !

साँच्चिकै पछिलाग्नु मेरै गल्ति होकी
जिन्दगिले डाँडो काड्दानि पछि फर्किईनौ !

साथिहरु छोडि धाए तिम्रो एक एक पाईला
मुटु च्यात्ति आँशु खस्दानि पछि फर्किईनौ !

आमा बुवा छोड कुरा किन त्यहि फेरी

Sunday, November 11, 2012

म प्रेमी पुरानो


घायलश्री

तिमीसग हारेको म प्रेमी पुरानो।
तिमी
माया मारेको म प्रेमी पुरानो।

एकै
नजर देख्न तिम्रो बाटो ढुक्दा
हिड्ने
बाटो बारेको म प्रेमी पुरानो।

म
फुल्दै गर्दा तिम्रो मनभित्र
कोपिलामै
झरेको म प्रेमी पुरानो।

तिललाई
पहाड बनाई यो प्रेम नगरीमा
संगीमाझ
खारेको म प्रेमी पुरानो।

Tuesday, August 28, 2012

चल्छ राती राती

नारायण नेपाल
नसोध है किन छाति जल्छ राती राती
ज्वारभाटा समुन्द्रमा चल्छ राती राती

सम्झनाको साथी आज चन्द्रमा नै टिट्ठ्याउँछ
ओझेलको तिम्रो माया गल्छ राती राती

तोरीसँगै फुल्ने मेरो मन हुरी परेको छ
तिर्सनाले मथिंगल दल्छ राती राती

ओस पर्छ परेलीमा अतितले चुम्छ जब
बतलसँगै वर्तमान ढल्छ राती राती

Tuesday, August 7, 2012

तिम्रो बनिसकेपछि

आयुष  “सम्मोहन”
कहाँ पलाउथ्यो खुशी आँगन खनिसकेपछि
प्रत्येक श्वास र सुस्केरा तिम्रो बनिसकेपछि

के लुकाउ तिमीसंग केही पनि त छैन प्रिय
सबै कुरा खोलेकोे छु तिमीले भनिसकेपछि ।

सोच्दैछु म के गरु कसो गरु तिम्रोलागी
आकाशको जुन अनि तारा गनिसकेपछि

प्रेमको राजमार्गमा पिरतीको मिठो यात्रा

Monday, August 6, 2012

गाईजात्रे हाल

पीडाले पीडा त हरेको मान्छे
नारायण नेपाल
अश्रुको दह ल तरेको मान्छे,

के दिन्छौ अझै सिद्ध्याउने धम्की ?
आफू त पैल्यै छ मरेको मान्छे !

भो बन्द गर्छौ कि घुर्की र फूर्ती
नौटंकी नाना म गरेको मान्छे ।

बेला छ तिम्रो सके लेऊ भर्ती
गाईजात्रे हाल नपरेको मान्छे !

Sunday, August 5, 2012

सकिदै सकिन्न

मौसमजी भण्डारी
हावालाई देख्न सकिदै सकिन्न 
आगोमाथी टेक्न सकिदै सकिन्न

अध्यात्मिक कुरा जति गरेपनि
स्वर्गमा भेट्न सकिदै सकिन्न

तस्बिर पठायौ ति याद भुलाउन
ब्यग्र प्यास मेट्न सकिदै सकिन्न

मन्दिर,मस्जिद हरेक ठाउ खोज
भगवान भेट्न सकिदै सकिन्न

तिम्रो गजलको यो मानेमा डाहा छ
यति साह्रो लेख्न सकिदै सकिन्न

Saturday, August 4, 2012

नेपाल उस्तै छ

आयुष  “सम्मोहन”
हिजो अस्ति र आज चाल उस्तै छ
अझैपनि हेर हाम्रो बेहाल उस्तै छ ।

लोकतन्त्र ल्यायौ रे आभाष छैन हामीलाई त
परिवर्तन भयौं भन्यौ ताल उस्तै छ ।

शान्ती र संविधान नयाँ नेपालको
सोचे जस्तो केही भएन लाल उस्तै छ ।

दश बर्षे जनयुद्ध जनताको खातिर लड्यौ अरे

Friday, August 3, 2012

पर्खनुहोस्

               
पर्खनुहोस् एकैछिन् आउँला म पनि
अनन्तकै यात्रा होओस् जाउँला म पनि

एक्लै किन पाउमा यी बन्धन भिर्नु हुन्छ ?
दस्तुरको कल्ली सँगै लाउँला म पनि

बेमानी छ कालो वादल रुझ्नुहोला कठै
ओतनिम्ति एउटा छानो छाउँला म पनि

प्रेमको यो गंगालाई पूज्य बनाउन

Sunday, July 22, 2012

ताजमहलमा रङ्ग

ताजमहलमा रङ्ग खन्याएछ कसले ?
सादा परिवेश रङ्गिन बनाएछ कसले ?

गतिशून्य, चुपचाप मौन थियो बस्ति
मसानमा उत्सव यहाँ मनाएछ कसले ?

युगौं विते उपवन फुलविहिन थियो
आफ्नै रगतले सिँची फुलाएछ कसले ?

श्वाश मेरो धन्य भयो नाचिरहेछ प्राण
बतासमा यो मिठो सुवास डुलाएछ कसले ?

Tuesday, June 19, 2012

तिम्रो पर्खाइमा

जनक डि.सी.
कता भुल्यो भुल्यो मन तिम्रो पर्खाइमा
छटपटिमै डुल्यो मन तिम्रो पर्खाइमा ।

सजियौ की भनि तिमी कतै बगैचामा
काँडा बिचै फुल्यो मन तिम्रो पर्खाइमा ।

दिनको ढोका बन्द गर्थे गोधुली ती साँझहरु
अंकुरित भै खुल्यो मन तिम्रो पर्खाइमा ।

पत्थर झै कडा छ मन यो भने पनि

Friday, June 15, 2012

एउटा गजल

-घायलश्री पर्वत
लेखेको छु एउटा गजल मात्र तिम्रा लागि
लेख्दा नयन भए सजल मात्र तिम्रा लागि

मैले त भोगेको छु झुपडीका ब्यथाहरु
यहाँका सारा महल मात्र तिम्रा लागि

सिउँडी र तितेपाती मेरा सहयात्री हुँदा
पोखरीका सुन्दर कमल मात्र तिम्रा लागि

पुरा होलान् या नहोलान् मनका चाहहरु
रबी छुने मेरो रहर मात्र तिम्रा लागि

आऊ राज गर यो दिल खाली छ
मन भित्रको सिंगो शहर मात्र तिम्रा लागि

Tuesday, June 12, 2012

हत्याई देउ

जनक डि.सी.
हान्देउछुरा तिमीलाई त केनैफरक पर्छ
त्यैपीडाले छटपटाई एउटा आत्मा मर्छ

दिप छर्न अधेरीमा आफै जल्ने हरु
देखाउछु भनि ससार खुसि लुटया ठर्छ

निमोठीन्छ कोपिला ससार हो कसैको
साहरा त्योबुढोरुखको एउटै पातनी झर्छ

तर्साउछन पाइलाहरु डुबेका तिमीभित्रै
नपिउदैमा यादतिम्रो नसा नसा चर्छ

मन बदलियो आज

आयुष सम्मोहन

किन यो मन बदलियो आज
मेरो जीवन बदलियो आज ।

हिजोसम्म हाँस्ने खेल्ने रमाउने
आफ्नै हो पन बदलियो आज ।

विश्वासको कुरै नगर साथी
मिठो बचन बदलियो आज ।

बैंशले जवानी फुलीसकेपछि


Tuesday, March 27, 2012

ठुलै घरमा परिछौ रे

रामकृष्ण पौडेल "अनयास"
 भाग्यमानि रै छौ सानु ठुलै घरमा परिछौ रे
 सँगै ज्युछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।
    
झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भएपनि
भन्ऩे हिजो तिमी नै हौ महलमा सरिछौ रे ।
    
 डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
 खोला वारी बाटो कुर्दा पारि पुल तरिछौ रे ।
    
 वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेशि बाटै झरिछौ रे ।

Saturday, March 24, 2012

भेट्न आउँछु आमा

रामकृष्ण पौडेल "अनयास
बिछ्यौनामा परि छौ रे भेट्न आउँछु आमा
भ्रष्ट्राचारी ज्यानमारा लाई रेट्न आउँछु आमा ।

लुछाचुडी गर्दै नेता तिम्रो ईज्जत लुट्दै छन् रे
तिम्लाई लाको कालो दाग मेट्न आउँछु आमा ।

कर्म अनि धर्म देशको माटो प्यारो लाग्दा मलाई
बिदेश छाडी मातृभुमी टेक्न आउँछु आमा ।

नालापानी सुस्ता अनि बुद्ध बेच्न लागे भन्दै
रुदै हौली पिर नगर छेक्न आउँछु आमा ।

Monday, March 19, 2012

समय स्थिर नहुने रहेछ

मौसमजी भण्डारी 'क्यानभास'
यो समय स्थिर नहुने रहेछ
दुखिको तक्दिर नहुने रहेछ

धुर्तहरु सम्मान थापेर जान्छन
साधुलाई अबिर नहुने रहेछ

यावत योजना लिएर आएथें
सोचे जस्तै घुमफिर नहुने रहेछ

हिजो कत्ति सहियो त्यै मुटुले आज
चोट संहदा पनि पिर नहुने रहेछ

Tuesday, March 13, 2012

गजल: खेलौं होली


                                               निर्मला आवस्थी
रंङ्गीचङ्गी रमाइलो आयो फेरी चाड  होली
सबै रंग मिसाएर जम्मा गरौं धेरै लोली।।

आपसमा तानातान चिसो भयो संबन्ध यो
आफ्नै आफ्ना बिच पनि  छैन प्रेम आजभोली।।

अब मन सफा गरौं नराखेर रिस राग
रमाउँदै खेलौं रंग मिसाएर मिठो बोली।।

 आखिरमा  सबै छोडी रित्तै जानु पर्छ हामी
 नाङ्गो अंग मात्र हुन्छ हुन्न हाम्रो साथ झोली।।

Saturday, February 25, 2012

गज़ल _ हाम्रा सरकार

प्रेम राना
मात्र भत्ता पचाउछन् हाम्रा सरकार
खाली जनता सताउछन् हाम्रा सरकार

कुकुर र बिरालाको चाला छ सदनमा
लडेर दिन कटाउछन् हाम्रा सरकार

सबिधान कसरी पो बनाउलान् र अब
सडक नै तताउछन् हाम्रा सरकार

महंगी र लोडसेडिङ्  अझै कति बढ़छ
यस्तै यस्तै बताउछन् हाम्रा सरकार