Saturday, June 4, 2011

पागल भने होलान् - गजल

डबल महतारा ‘रोशन’
देशको निम्ति लडेर त पागल भने होलान् ।
सगरमाथा चढेर त पागल भने होलान् ।

सुस्ताको पीडा मेट्न वीर गोर्खालीको
इतिहाँस पढेर त पागल भने होलान् ।

अत्याचारी ति बैरीको छातीमाथि जब
सुल बनि गढेर त पागल भने होलान् ।

वसन्तको खोजी गर्दै संघर्षको बीचमा
शिसिर भई डढेर त पागल भने होलान् ।

भन्नेले भन्दै गर्छन् , गर्ने गर्दै गर्छन्
यहि सम्झि बढेर त पागल भने होलान् ।

२१ जेठ २०६८
नेपालगंज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..