Sunday, June 5, 2011

मेरो देशको सेवा गर्छु -- गीत

सर्वजीत थापामगर
मेरो देशको सेवा गर्छु , मेरो माटोको माया गर्छु
मेरो माटोको माया गर्छु , मेरो देश बनाउन लड्छु
मेरो देश बनाउन लड्छु , मोरो देश बचाउन मर्छु ।

मेरो देश कसैको पेवा होइन
मेरो देश कसैको दासी बन्दैन
मेरो देश त विशाल छातीले अडिक बनेको छ
मेरो देश त आफ्नै पौरखले सिंगारिएको छ ।

मेरो देश दुई ढुङ्गाको तरुल होइन
मेरो देश कसै रम्ने थलो होइन
मेरो देश त विर सन्ततिले आर्जेको देन हो
मेरो देश त हामी स्वाभिमानी नेपालीकै हो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..