Saturday, October 9, 2010

खाली सिसी


दिन भरको थकानले
निद्रा पिएर सुतेको बेला
कयौ रात
उडुस र
उपैयाहरुका हुलहरु

खाली सिसी भएर
मेरो नसाको नदिमा
पानी लिन झर्छन
र भरी सिसी भएर

मिर्मिरेमा
बसस्थान तिर चडछन
देश खाएर
ढाडिएका नेता जस्ता
यि उडुसका हुलहरु
मैले निशेद गरेको
नदिको पानी चोरेको देख्दा


रीसले कुचो उठाउछु
देशका उडुसहरुलाई सम्झदै
ति भरी सिसिहरुलाई
बोतल झै फुटाउछु
बोतलबाट निस्केर
मेरा हातहरु

सिसाले काटे झै रक्ताम्य हुँदा
आफ्नो हातलाई सुम्सुमाउछु
हरेक नेताको मुखमा
जनताको पसिनाको
गन्द आएको जस्तै

यि उडुस र
उपैयाहरुमा
आफ्नो रगतको गन्द पाउछु।

प्रेम वली
दाङ्ग
हाल काठमाण्डौ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..