Saturday, October 9, 2010

हाइकु (जानकारी)

               कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलिको कविता हो । सातौं–आठौं शताव्दी तिरको हाइकाइ श्रृङ्खलाको बिकसित रुप हो हाइकु । तत्कालीन हाइकाइ श्रृङ्खलाका शुरुका तिन हरफ मात्र जस्लाई होक्कु भनिन्छ, आज हाइकु रुपमा उदाएको छ । हाइकु पूर्ण रुपमा शास्त्रिय संरचनामा बाँधिएको हुन्छ । पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी सत्र अक्षरको हुन्छ हाइकु । तर शास्त्रिय संरचना मात्र पनि पर्याप्त छैन । कलात्मक ढंगबाट प्राकृतिक किगोको प्रयोग गर्नुपर्छ हाइकुमा । हाइकु ओजिलो र बोझिलो हुनुपर्छ । ५–७–५ को संरचना भित्र शब्दजाल बुन्दैमा त्यसलाई हाइकुको कोटिमा राख्न सकिदैन । यो हाइकुको कठिन मान्यता हो र शास्त्रिय चरित्र पनि ।
         सातौं शताव्दीमा थालिएको श्रृङ्खलाबद्घ हाइकाइ लेखन क्रम बिस्तारै छोटिदै छोटिदै ५–७–५ संरचना मात्रको होक्कुसम्म आउन थाल्यो । केहि कविहरुले प्रयोग स्वरुप १७ अक्षरीय संरचनामा मात्र लेख्न थाले । ५–७–५ को मात्र प्रयोग गरेर होक्कु लेख्ने चलन त मुरोमाचीकालीन साहित्यिक युगमा देखा परेको थियो । तर त्यो बेला शैलि अस्पष्टताको कारणले होक्कुले जरा फैलाउन पाएन । हाइकाइलाई समेत व्यंग्यात्मक प्रस्तुतिमा प्राथमिकता दिइरहेको बेला नविन प्रयोग गरिएता पनि व्यंग्यात्मकताको शिकार बन्न गयो । थप केहि समय संक्रमणीय अवस्थामा बित्यो । तर समयको गति र मानसिक परिवर्तन सँगसँगै यो शैलिले पनि स्पष्ट अभिव्यक्ति र कवितात्मक आस्वादन दिन थाल्यो । आरकिन्दा मोरिटाके (१४५२ – १५४०) ले पहिलो पटक हाइकाइलाई होक्कु अर्थात् हाइकुमा रुपान्तर गर्न सफल भए । यसबेला सत्र (१७) अक्षरीय संरचनालाई हाइकु भनिदैनथ्यो । होक्कु मात्रै भनिन्थ्यो । हाइकु नामाकरण भएको त धेरै पछि हो । मोरिताकेले लेखेको हाइकु यस्तो छः

झरेको फूल
हाँगामा फर्कन्छ की
हेर, पुतली
                            हालसम्म भेटिएका सामाग्रीहरुलाई आधार मान्दा सम्भवत उल्लेखित हाइकु नै जापानी साहित्यको पहिलो हाइकु रुपी रचना हो । मोरिताकेलाई अर्का कवि यामाकाजी सोकान (१४६५–१५५३) ले पनि सहयोग गरेका थिए । यद्यपी हाइकाइ हास्य अभिव्यक्तिलाई काव्यात्मक आस्वादन पस्कीने काममा भिन्न विचार राख्ने तत्कालीन उदयीमान कवि माचुनागा तोइतोकु तथा निशियामा सोइनले पनि यस अघि प्रयास गरेका थिए तर उनिहरुको प्रयासले पूर्णता पाउन सकेको थिएन ।
                  हेइयान युग (७९४–११८५) मा लेख्ने गरिएको श्रृङ्खला बद्घ कविता वा रेङ्गाको रुप वदलिदै जान्छ । कविताहरु थकान मेट्न होस् वा विछोडको वेदना मेट्न होस्–होक्कु लेख्छन् । वाका लेख्छन् । हाइकाइ र रेङ्गामा खासै भिन्नता पाइँदैन । हाइकाइ श्रृङ्खला नै रेङ्गा हो ।

           माचुनागा तेइतोकु (१५७१–१६५३) हाइकाइका क्षेत्रमा माहीर मानिन्छन् । खासगरी अधिकारीक र परम्परागत संरचना यिनले छोडेनन् । सठौ शास्त्रिय नियमको अनुसरण गरे । जथावाभि विषयवस्तुको छनौट र छाडा हास्यव्यङ्ग्य प्रवृत्ति बढ्दै जाँदा तेइतोकुले बौद्घिक हास्यव्यंग्यलाइ बढावा दिए र उनि यसमा सफल पनि मानिन्छन् । हाइकाइका क्षेत्रमा नियमपालनको हकमा कडा रुपमा प्रस्तुत भए । तर उनको निधन पछीका दिनमा पुन फुक्का हुनथाले, स्वतन्त्र हाइकाइ जन्मन थाले । कवि सियामा सोइन (१६०५–१६८२) ले हाइकाइको प्राचीन निरन्तरतालाई ठूलो चुनौति दिए । अरु भन्दा भिन्न ढंगबाट प्रस्तुत हुन चाहे उनी । यसले गर्दा स्वतन्त्र हाइकाइ लेख्ने युवा जमातले झन् नियमहरु तोड्न थाले । यसै कालका अर्का प्रसिद्घ कवि हुन् – इहारा साइकाकु (१६४२–१६९३) उनी नब्बेको दशको एक दिन ओसाका शहरमा रात बिदाउँदा २४ घण्टामा २३५०० पङ्ति रचना गरेको भन्ने तथ्य भेटिएको छ । गृहयुद्घले ग्रसित तत्कालिन जापानी समाजमा काव्य रचना गर्नु निकै ठूलो उपलब्धि मानिन्थ्यो । त्यस माथि पनि सैनिक शासनको निति नै कवि र सिर्जनाको विपक्षमा थियो ।
                              दानरिन हाइकु विद्यालय त्यस बेला प्रख्यात थियो । विद्यार्थिहरु पनि प्रशस्तै थिए । यस विद्यालयका कविहरुले खास गरी स्वतन्त्र हाइकाइमा जोड दिन्थे । जसका नाइके कवि सियामा सोइन (१६०५–१६८२) थिए । सोइनले हाइकु लेखन शैलि देखि लिएर वाचन शैलिसम्म सबै कुरा सिकाएका थिए । सन् १६६० मा सोइनले दानरिन हाइकु विद्यालय नखोलेको भए जापानी हाइकु यस अवस्थामा सायदै आउन्नथ्यो होला । हाइकु र सेनर्यू आफ्नै रचना

* हाइकु
डाफेको नाच
हिउँको रमझम
वादलु साँझ ।

कालीको खोँच
शिखरको उमँग
छिचोल्ने आँट ।

* सेनर्यू

पर्देशि लोग्ने
सतिसावित्री पत्नि
रिट्ठेको दशै ।

मैले थापेको
विद्युतीय धराप्मा
तिमी परिछौ ।

आयुष सम्मोहन
          नेपालमा २०१९ सालमा शंकर लामिछानेले सर्वप्रथम रूपरेखा पत्रिकामा 'हाइकु' प्रकाशन गरेका थिए ।

जानकारी संकलनः आयुष सम्मोहन
श्रोत विभिन्न प्रकाशित पुस्तकहरु

हाइकुका केही उदाहरण हरु यता

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..