Wednesday, June 8, 2011

‘विस्थापन’ को फेसवुकबाट विमोचन

काठमाडौं । युवा लेखक ऋषि तिम्सिनाले उपन्यास ‘विस्थापन’ को फेसवुकबाट विमोचन गरेका छन् । उक्त कृति फेसवुकको संजालमा पुस्तकको नयाँ पृष्ठको सुभारम्भ साहित्यकार/समिक्षकद्वय प्रदिप नेपाल र डा. गोविन्दराज भट्टराईले गर्नुभएको थियो । पुस्तक विमोचनको यो तरिका नेपालको प्रकाशन इतिहासमा सम्भवत पहिलो प्रयोग हो ।
विगत केहि दिनदेखि चलिरहेका पुस्तक प्रकाशनको शिलसिलाकै पछिल्लो उपक्रमको रुपमा आयोजित कार्यक्रम भएपनि लोकापर्णको शैलि र माध्यमको स्वरुपमा भने यो कार्यक्रम पृथक रहेको प्रकाशक ओरिएन्टल पब्लिकेशनका हरि गौतमको दावी छ । लेखक ऋषि तिम्सिनाका अनुसार ‘विस्थापन’ आजका धेरै नेपाली युवा सन्ततिहरुको कथा हो, जो विभिन्न वाहानामा विरक्तिएको भाव बोकेर आफ्नो मातृभूभि छाड्ने औडाहामा ठाउँ-ठाउँमा भौतारिरहेका भेटिन्छन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..