Wednesday, June 8, 2011

आउ भनेको हुनाले -- गजल

जनक डि.सी.
लुकि छिपि रातमा मात्र आउ भनेको हुनाले
उथुल पुथुल भयो कसम खाउ भनेको हुनाले ।

भरियछु बैसले म पोखिन्छु कि कतै
जवानि रस पियरनै जाउ भनेको हुनाले ।

नजर हरुजुधेपछि खलबलि हुन्छ मनमा
सँम्हालिन्न त्यसैमाया लाउ भनेको हुनाले ।

थाहाछैन खडेरि यो छचल्किने मनलाई
केबल प्यासि सस्तैछ यो भाउ भनेको हुनाले ।

बिझाउदैन काडा अनि दुख्दैनयो मन पनि
कोटयाए झन निको हुन्छ घाउ भनेको हुनाले ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..