Saturday, September 28, 2013

ढकालको उपन्यास पुलिक बजारमा

पोखरा, असोज १२ गते ।
आख्यानकार नवराज ढकालको नयाँ उपन्यास ‘पुलिक’ शनिबारदेखि बजारमा आएको छ । ढकालका पिता वेदनाथ ढकालले सम्मोहन साहित्यिक पत्रिकाद्वारा आयोजित एक कार्यक्रमका बीच पुलिकको लोकार्पण गर्नुभएको हो ।
सम्मोहन साहित्यिक पत्रिकाका प्रधान सम्पादक÷प्रकाशक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलले पुलिक साम्यवादी वैचारिक उपन्यासका क्षेत्रमा पोखराले गौरव गर्नलायक महत्वपूर्ण कृति भएको बताउनुभयो ।

Thursday, September 26, 2013

दुई मुक्तक

मैले भने-
घायलश्री
दिन दहाडै गोली चल्छ हाम्रो नेपालमा
जीउदो शरिरमा आगो बल्छ हाम्रो नेपालमा ।
नहुदा कुनै नियम कानुन अपराध छेक्ने
आफ्नै दाइले भाइ छल्छ हाम्रो नेपालमा ।।

उनले भनिन्-
जसलाई हामी रक्षक ठान्छौ उहि भक्षक हुदाँ
आफन्तले हत्या गर्छन उठाएर खुडा ।
सर्वश्व सुम्पिएर जीवनको भिक माग्दा पनि

Sunday, August 25, 2013

गजल

आगोले छानो जलाउन चाहेन
कपिल अञ्जान

हुरीले पनि घर उडाउन चाहेन

किन पुरा जिन्दगी ध्यानमै बितायो
महात्माले रहस्य बताउन चाहने

पहाडलाई चुनौति दिएर फर्कियो
तुफानले ताजमहल भत्काउन चाहेन

त्यो हत्यारा उसकै सन्तान रहेछ
न्यायाधिसले फैसला सुनाउन चाहेन