Monday, June 13, 2011

..... रहरहरु ... गजल

अमृत ढकाल ‘निर्जन’
बेदनामा रोइरोर्ई मरे रहरहरु
आँखाबाट दिनरात झरे रहरहरु

न देखिन्छन् परेलीमा न लेखिन्छन् हृदयमा
खै कता हो कता बसाई सरे रहरहरु

कसलाई दिउ दोष यसको कसलाई मानु अपराधी म
पूmलसँग पूmले अनि झरे रहरहरु

मलाई त तेजाब पो पिएजस्तो लाग्छ
तिमीलाई खुब मन परे रहरहरु

बाँचुन्जेल बाटोलाई मेरेपछि माटोलाई
किन यस्तो सम्झैता गरे रहरहरु

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..