Wednesday, July 6, 2011

गजल

विद्या चौधरी “रितु”
देशै रुवाउने गद्दारीलाई के संविधान
संधै कुर्सीको पीछागर्ने मन्त्रीलाई के संविधान ।

कोदाको रोटी सातुको धुलो जहान पाल्ने आश
धौ धौ छ गुजारा भिखारीलाई के संविधान ।

पसिना पुच्छन् टोपी छ एउटा खुट्टामा केही छैन
हरेक रात दिन दुखारीलाई के संविधान ।

जिम्माल्नी बज्यै मुखिया बाजे कामले रिझाइ
तिमीजस्ता कपुत धिक्कारीलाई के संविधान ।
नेपालगंज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..