![]() |
महाकवि लक्ष्मीप्रसाद देवकोटा |
यस देश खुलिकन आउँछ रे ।
रँगिला सब बादल छाउँछ रे
जल चंचल भैकन गाँउछ रे ।
चिडिया बिउझेर कराउँछ रे
सब मन्दिर घंट बजाउँछ रे ।
र हवा पनि बास उडाउँछ रे
दिल फूल सबै बिउँझाउछ रे ।
दुनिया सब चार्दछ धाउँछ रे
र हिमाल उँचा झल्काउँछ रे ।
जल बिन्दु सुशितल ल्याउँछ रे
सब उन्नत झल्ल तुल्याउछ रे ।
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..