Showing posts with label ब्यङ्ग्यबन्ध. Show all posts
Showing posts with label ब्यङ्ग्यबन्ध. Show all posts

Sunday, March 18, 2012

तरकारीको महिमा ( तितो पिरो )

प्रेम ओली 
कुभिन्डो
              यो सन्त महाराजको शैलीमा  खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आशनमा झुन्डिराखेको देख्न पाईन्छ । यो बाबा जस्तो तरकारी बजारमा  आफ्नो प्रभाव बढाउन सकेको चाँही छैन । यो मान्छेको लागि लोक प्रिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भागवतिको लागि बली चढाइदै आएको पाईन्छ । यो तरकारीको लागि खास प्रयोग नभए पनि बोकाको मुखमा कुभिन्डो भन्ने उखान बार बार प्रयोग आउछ । एक दिन मेरो छोराले बोकाको मुखमा कुभिन्डो भनेको भनेर सोध्न आयो । आफु त गाउमा जन्मिएकाले यसको बारेमा थाहा थियो । शहरमा जन्मिएका बालबालिकालाई के थाह ?कसरी बुझाउने एक छिन त अलमल्ल परे । मेरो पालो उदाहरण दिदै भने । सम्बिधान सभा । बोकाहरुलाई दुई बर्ष भित्र सम्बिधान बनाउन दिएको आज ३ बर्ष नाघी सक्दा पनि भुत्लो झार्न नसकेर बोकाहरु झन ठुस ठ्स्ती गनाइ रखेकाछन । अब त यि बोकाहरु स्वोदेसमा मात्र नभएर बिदेशमा पनि उपद्रो गर्दै गनाउन थालेकाछन । अब आउने दशैमा कुभिन्डो सट्टामा यि बोकालाई नै बली चढाउन सके काली प्रसन्न भई देश र जनताको भलो हुने कुरो गर्दै केही कुबिन्डे बाबाहरु प्रचारमा लागेका छन ।