Thursday, June 30, 2011

गजल

क्षितिज समर्पण
कोही कोही मान्छेहरु मसान मानिन्छन ।
वस्तिहरु चिहान झैं सुनसान मानिन्छन ।

यहाँ मान्छेलाई मान्छेको मतलब छैन
बरु ढुङ्गाहरु भगवान मानिन्छन ।

म कसरी फरक छुट्याउन सक्छु बन्धु
तिम्रा बचन र काडाहरु समान मानिन्छन ।

'तिमी नै सोच के भन्छौ'-मेरो देशमा
पचास नाघेकाहरु जवान मानिन्छन ।



कि बलत्कार गर्नेहरु,की पत्नी कुट्नेहरु
कि चेली बेच्नेहरु बलवान मानिन्छन ।


पुन्मा-३'एकान्त कुना' जाजरकोट ।
fmradio.kshitij@gmail.com

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..