Tuesday, July 5, 2011

गजल

खगेन्द्र गिरि ‘कोपिला’
असुरक्षित भयो जीवन जगत हिजो आज
पानीभन्दा सस्तो भयो रगत हिजो आज

जे गर्ने हो आफ्नो लागी आफैले गर्नु पर्छ
भगवानले गर्न छाडे मद्दत हिजो आज

साघुलाई सुलिमाथी चढाउने दिन आए
बेद, कुरान, बाइबल भए गलत हिजो आज

महाभारतको नियती बिर्सेर बिदुर पनि
सकुनीकै गर्नथाले संगत हिजो आज

अग्निपरिक्षा रामले मात्रै दिनपर्ने भयो
आफै चोखो बनेकाछन् भरत हिजोआज
इमानको सगरमाथा हत्केलामा उठाउने
कहाँ गयो गोर्खालीको हिम्मत हिजो आज
साभारः गजलगंगा

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..