Monday, December 27, 2010

फाँसीदिनु.........

जनक वि क “जनकृष्णा”
सल्यान
रोएर म बसेपनि तिमी सधैं हाँसी दिनु
प्रेमपत्र जलाएर तस्विरलाई फाँसीदिनु

कहिलेकाँही जीन्दगीमा यादहरु आएभने
अतितका थुङ्गाहरु वर्तमानमा गाँसीदिनु

क्षिण शरिर संसारबाट टाढा हुँदै गएपछि
फुलैफुलको माला उनि तस्विरमा टाँसीदिनु

भेट हाम्रो पक्कै होला जीन्दगीको गोरेटोमा
आँखा तिमी तर्काएर अतितलाई नासीदिनु

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..