Monday, December 27, 2010

मेरो रारा तिम्रो तस्विर

सुर्य बहादुर रोकाया “संकल्प निर्मोही”
मुगु सुकाढिक ५ नखर्जी

नयनमै टल्किएछ मेरो रारा तिम्रो तस्विर
चयनमै झल्किएछ मेरो रारा तिम्रो तस्विर
सोचेकै थिइन यस्तो चर्तिकला होला भनेर
भुँइभरि छल्किएछ मेरो रारा तिम्रो तस्विर

कहिले उकाली कहिले ओरालीसंगै देउराली
नचाहेरै अल्झिएछ मेरो रारा तिम्रो तस्विर

मनभरि अङ्कुरित भावना कोर्न खोज्दा मैले
आफैतिर ढल्किएछ मेरो रारा तिम्रो तस्विर

आफ्नै ब्यथा खोल्ने जमर्को गरेछ जुर्मुरनएछ
त्यतैतिर पल्किएछ मेरो रारा तिम्रो तस्विर

कहिल्यै कुभलो सोचेन “संकल्प निर्मोही”ले
बल्ल पो सल्किएछ मेरो रारा तिम्रो तस्विर

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..