Monday, December 27, 2010

चुहिदा छानो ..........

रेशम हमाल ऋतुराज
दैलेख डाडापराजुल २ पाङकोट

चुहिदा छानो सकिन फेर्न
छाक टार्ने मानो सकिन फेर्न

थाहा छ मलाई पिडा यस्तै हुन्छ
चोट सहन अचानो सकिन फेर्न

आफ्नै त्यो बथान सिध्याउन खोज्ने
निर्दयी त्यो रानो सकिन फेर्न

पिडित मन पिडित आत्मा
आखिर सधै सानो सकिन फेर्न

जताततै हरीयो छैन छनलाईत
आफ्नै कानो सकिन फेर्न

आस गर्दै हालिन ति बुढी आमा
चोली र जामा सकिन फर्न

देश गुनाको भेष भएरै त होला
पानि माथि ओभानो सकिन फेर्न

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..