Sunday, June 19, 2011

गजल

डबल महतारा ‘रोशन’
स्वार्थ लिन मान्छेहरु अस्मिता बेच्दा रैछन्
आफु भोकै रहेर नि भातको सिता बेच्दा रैछन् ।

धुत्र्याई र बेइमानीकै जगजगी छ यो ठाँउमा
मुर्दाहरु जगाएर बल्दो चिता बेच्दा रैछन् ।

कस्तो आयो जुग पनि मायाँ दया कै नभाको
ति कसरी जन्मे होलान् आफ्नै पिता बेच्दा रैछन् ।

रहेनछ चिन्ता चासो जन्मिएको माटो प्रति
साँध सिमाना भत्काएर घरका भित्ता बेच्दा रैछन् ।

हेर यहाँ अतिभयो , अख्तियार बुझ तिमी
साना होइन ठुलाले नै संहिता बेच्दा रैछन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..