Sunday, June 19, 2011

पढ्ने मात्रै हामी - गजल

महादेव अधिकारी
जान्ने सुन्ने अरु नै छन पढ्ने मात्रै हामी
बिजय त अरुकै भो लड्ने मात्रै हामी

पाके पछी फल खाने सबै अरु भय
लडाइको भुङ्ग्रो भित्र डढ्ने मात्रै हामी

सफलताको फुल माला लाउने अरु भए
दुस्मन को किल्ला तिर बढ्ने मात्रै हामी

आदेस दीने जती सबले सत्ता भ त्ता पाए
गोली बारुद बोकी डाडा चढ्ने मात्रै हामि

इतिहासको पाना भरी अङ्कित अरु भए
मुद्दा खेपी जेल भित्र सड्ने मात्रै हामि
हाल युएई

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..