Tuesday, February 28, 2012

गजल सन्ध्याको गजल वाचन सम्पन्न

पोखरा, १३ फागुन, गजल सन्ध्या पोखराको आयोजनामा शनिबार पोखरामा नियमित गजल वाचनको १०८ औं श्रृङखला सम्पन्न भएको छ । कार्यक्रममा पोखरेली गजलकारहरुले देशको समसामियक विषयमा गजल वाचन गरेका थिए ।
       गजलकारहरुले नेताहरुलाई समयमै शान्ति प्रक्रिया टुड्डाएर संविधान जारी गर्न गजल मार्फत दवाव दिएका छन् । देशमा बढ्दै गएको विकृति, विसंगति, भ्रष्टाचार, महड्डी र राजनीतिक अस्थिरता प्रति गजलमार्फत साहित्यकारहरुले व्यड्डय गरेका थिए ।
             कार्यक्रममा गजलकार प्रकट पंगेनी शिव, रुपिन्द्र प्रभावी ‘कटु’, कमल पौडेल अथक, कपिल शर्मा संजोग, कृष्ण देवकोटा, शिव पलास, शितल गिरी, मन क्षेत्री, सुरेन्द्र पौडेल ‘रोहित’, अमृत सुवेदी ‘गुराँस’, परिवर्तन, हेम सुवेदी, अर्जुन गिरी, सूर्य प्रकाश मल्ल सुवास लगायतले गजल वाचन गरेका थिए ।
     त्यस्तै कार्यक्रममा रमा अधिकारी, माया कुवँर, काशीनाथ कुमाल, जमुना सुवेदी, श्रीकान्त लुइटेल, सौगात संघर्ष, दीपक पराजुली, सरिता पौडेल, अमृत शर्मा, दीपकराज त्रिपाठी, मोहन स्पात, जीवन पौडेल, सन्ध्या अधिकारी, सुजन गैह्रे, अनिल केसी, विष्णु वास्तोला लगायतले गजल सुनाएका थिए । कार्यक्रममा उल्लेख्य मात्रामा गजलप्रेमी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र पौडेल ‘रोहित’ले गरेका थिए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..