Tuesday, February 28, 2012

अलिमियाँ सम्मान पुरस्कार पराजुलीलाई

पोखरा ,फाल्गुन १५, यस वर्षको अलि मियाँ लोकवाङ्मय पुरस्कारद्धारा प्राध्यापक डाक्टर मोतीलाल पराजुलीलाई सम्मान गरिएको छ ।

            कास्कीको चापाकोट ७ मा जन्मिएका पराजुली लामो समयदेखि लोक साहित्यको अनुसन्धान र लेखनमा क्रियाशिल हुनुहुन्छ । प्राध्यापक डाक्टर मोतिलाल पराजुलीलाई संस्कृति मन्त्रि गोपाल किराँतीले नगद १० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।
           सोअवसरमा बोल्नु हुदै संस्कृति मन्त्री गोपाल किरातीले जनस्तरका साहित्यिक साँस्कृतिक संस्थाको क्रियाशिलता महत्वपूर्ण भएको बताउनु भयो । साहित्य र सांस्कृतिको विकास गर्ने राज्यको प्रर्याप्त ध्यान नपुगेको किरातीको भनाई थियो ।
    साहित्यकार सरुभक्तले लामो समयदेखि लोक जीवन र लोक साहित्यको अध्ययनमा क्रियाशिल ब्यक्तिलाई गरिएको सम्मान महत्वपूर्ण भएको बताउनु भयो । प्राध्यापक डाक्टर पशुपतिनाथ तिमिल्सिनाले लोक साहित्यको अध्येताको रुपमा रहेका मोलिलाल पराजुलीको कार्य सम्मान योग्य भएको धारणा राख्नुभयो ।
      सम्मानित ब्यक्ति प्राध्यापक डाक्टर मोतीलाल पराजुली ३१ वर्षदेखि प्राध्यापन  पेशामा संलग्न हुनुहुन्छ । उहाँले नेपाली लोकजिवनका विभिन्न भाका र साहित्यको खोजि गरी प्रकाशन गर्ने गर्नु भएको छ । पराजुलीलाई दिइएको वाङ्मय सम्मान यस अघि जनकबि केशरी धर्मराज थापा,लोक गायिका हरिदेवी कोइराला,लोक गायकहरु खिम बहादुर गन्धर्व, दिर्घराज अधिकारी ,बम बहादुर कार्कि र प्रेम राजा महत सम्मानित भइसक्नु भएको छ । अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव अम्बिकाप्रसाद भटराई, प्रतिष्ठानकी उपाध्यक्ष लोकगायिका हरिदेवी कोइराला, सहसचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चनले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..