Friday, July 9, 2010

नौडाडा पारिबाट मायालुलाई पत्र

        नौडाडा पारिकी निस्ठुरी सं ,खै कुन शब्दले संबोधन गरु तिमीलाई .... अब त दिनहरू पनि धेरै बितिसक्यो । निस्ठुरी प्रेम ,रोग हो र त्यस रोगको ओखती पनि हो । ति खोला –नाला, उकाली ओरालीअनि संगम,चौतारी ...त्यों चौतारीको बर,पीपल पनि बुढो भईसक्यो होला जस्तै मेरो मनकोधड़कन पनि..। बिबशताको कारण तिमी र आफनो प्यारो मात्रीभूमिलाई छोडेर आफनो आर्थिक अबस्थाका कारण नै आज म मुग्लान तर्फ लाग्न लागे ...... । यहाँ पनि धेरै समय भईसक्यो खै के गर्ने यो जिन्दगीका अन्नगिन्ती मोड्हरुमा तिमी सगैजीबन जिउने ठुलो धोको थियो......। आज सम्म त तिम्रै याद र सम्झनामा अनि कल्पनामा दिनहरू बिताईरहेको छू अहिले त तिमी बसन्त ऋतूको बाताबरणमा रुमालीदै हौली अनि सुनौलो सपनाको श्रृजना गरेकी हौली तर म छातीमा हात राखेर भन्छु यो हाम्रो अमिट प्रेममा कदापि पनि कसैको खेलबाड नहोस भन्दै श्री मनकामना सग प्रर्थना गर्दछु ।
योगेन्द्र योगी ,संर्घश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी-नेपाल
email-yogendra.yogen@yahoo.com

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..