Tuesday, July 6, 2010

नेता जी

लड्ने कुरा सबैलाई सिकायौनी नेता जी
टिपी फुल्ने डरको कथा लेखायौनी नेताजी

कहाँ हुन्छ शान्ती संविधान छैन भने
गरिबलाई लड्ने बाटो देखायौनी नेताजी

रगतको इतिहाँस लेखाएर जाउ भन्दै
सारा सपना आजकल किन मेटायौनी नेताजी

गाउको सानो झुपडी थियो एउटा सहारा
त्यै लठि्ठ नी भाँच्न भेटायौनी नेताजी

सम्मान वि. सि

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..