Thursday, June 24, 2010

प्रीत कस्तो

सर्वजीत थापामगर

भित्र अर्कै बाहिर अर्कै गाउनुपर्ने गीत कस्तो
मुटुलाई दबाएर हाँस्नुपर्ने रित कस्तो

खुल्ला आकाश छैन रहेछ सोझा इमानदारीलाई
आजीवन भर कैदीमनले पाउनुपर्ने हित कस्तो

ओक्रो आडम्बरमा कति टिक्लान झटका महलहरु
फिक्का जीवन सजाएर रम्नुपर्ने जीत कस्तो

बखान गर्छन फुल फुल्ने बगैचाको कति कति
कोपिलालाई चुँडालेर मायागर्ने प्रीत कस्तो

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..