जनक डि.सी |
मरी सकेका इतिहासहरु
पढाई हुन्छन त्यहा
भविस्यको कुनै पनि तिथी उल्लेख छैन
घिसिनुर पिसिनुमात्र रिति उल्लेख छैन ।
गणितका शुत्र पुरानियर
खियाखिया भैसके
कथाभुतका पढिन्छ दिमाग
छियाछिया भैसके
देश अन्धकारछ , बत्ती बाल्न सिकाईदैन
बस्ती भोकाएकाछन पेट पाल्न सिकाईदैन ।
आमा म स्कूल जान्न किनकि
मलाई आफ्नै बाटो खन्नुछ
जहा पुस्ता पुस्ता डुल्नेछन
मलाई आफ्नै उद्यान गोडनुछ
जहा सयौथुगा फुल्नेछन
मलाईयस्तो पुस्तक लेख्नुछ
जहा भावि मिति खुल्नेछन।
kabita ramro chha tara bhab chai tihas padhdina bhanne chha, yo chai kasto kasto lagyo,
ReplyDeleteरामेश्वर जीले भन्नु भएको जस्तै मलाई पनि कता कता अलि कस्तो कस्तो लाग्यो ..। तर अर्को तर्फ देशको विषम परिस्थितिले आजभोलीका नयाँ भाइबहिनीहरु वाक्क भैसकेको सन्देश पनि दिएको जस्तो लाग्यो । देश प्रतिको माया जगाउनु पर्छ ..।
ReplyDeleteप्रतिक्रिया का लागि धन्न्यबाद ,हाम्रो असान्धर्विक पाठ्यक्रम र देशको विषम परिस्थिति का कारण हरेक बाबु आमा ले स्कुल पठाउदा नानी हरु बाट सुन्नु पर्ने तितो सत्य नै हो यो .i उनि हरु स्कुल चाहन्छन तर शिक्षा प्रयोग मुखी र समय सापेक्ष्य हुनु पर्छ भन्ने नै कविता को सार हो i
ReplyDeleteवास्तवमा कविताले धेरै कुरा बोलेको छ । एका तर्फ वर्तमान देशको परिस्थितिबाट आजित भएका हामी नेपालीको भाव बोलेको छ भने अर्को तर्फ निकास खोज्ने प्रयासलाई झल्काएको छ । पुराना इतिहाँसबाट पाठ सिक्नु पर्छ र नयाँ विहानीमा नयाँ सोच नयाँ विचार सम्प्रेशण गर्न सक्नु पर्छ । समय सापेक्ष र ब्यावहारिक शिक्षा त सबैले चाहेको हो ..।
ReplyDeleteआयुष जी धेरै धन्यवाद मिठो प्रतिक्रिया को लागि
ReplyDelete