Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Friday, February 22, 2013

फूलको हासो तिमी राख्नु

घायलश्री
फूलको हासो तिमी राख्नु काडा दिनु मलाइ।
कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।।

फूलसगै तिमी हाँस्नु बगैचाको माझ
चन्द्ररुपी मुहारमा नलागोस कहि दाग।
जून पनि तिमी राख्नु तारा दिनु मलाइ
कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।।

तिमी रैछौ काडेतार म मक्खिएको धागो
टुक्रिएर खस्दा छैन समाउने हाँगो।

Tuesday, October 18, 2011

पाइन घर बिदा _ गीत

प्रेम निशानी मगर
परदेशीलाई हुदो रैछ खाली चोट पीडा
चाडपर्ब आउदा पनि पाइन घर बिदा 

दसैँ  तिहार आउदा याद आउने घरको 
भागी आउने कुरा भईन देश पर्यो अर्को
बन्धकीको घर खेत पनि साहुले नै लिदा
परदेशीलाई हुदो रैछ खाली चोट   पीडा

थालीमा नै सुकी जादा जमरा रातो टिका
कति रोलिन् मेरी आमा बगाउदै आसु ढिका
मनको रहर मनै भित्रै बिना अर्थ सकिदा

Monday, October 10, 2011

बाच्न झनै गारो

प्रेम निशानी मगर
आखै सामु खस्यो लौन मन परेको तारो
मर्न पनि सकिएन बाच्न झनै गारो।

दिनको कथा लेखु भने साझ झरीदिन्छ
जूनको कथा लेखु भने औसी परीदिन्छ
मनभरी चोट बोकी हास्न रैछ  सारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।

जब साझ ढल्दै  जान्छ मन जान्छ गल्दै
चाहनाको र कल्पनाको महल जान्छ ढल्दै

Saturday, August 6, 2011

तिम्रो यादमा जल्यो मुटु ( गीत )

सुरेन्द्र बि.क.
तिम्रो यादमा जल्यो मुटु
सल्बलाउँछ हृदय पनि
बियोगमा बाँचरिहेकै छु
एक्लै तड्पिएर पनि

तिमी संगै हुन्छु भन्यौ
हजार जुनी सम्म पनि
मुटु मेरो घाउ बनाईछोड्यौ
तिमी आज अतित बनि

चिरिन्छ छाती सम्झी हेर्दा
बिगतका ति दिन गनि

Tuesday, July 19, 2011

मुटु मागेउ भने भन्दिन म दिन्न - गीत

प्रेम राना मगर
सुनचादी त तिम्रा लागी सक्दिन म किन्न  
तर मुटु मागेउ भने भन्दिन म दिन्न ।
 
धेरै होलान तिमीलाइ माया गर्छु भन्ने
यदि तिम्लाई पाइन भने म त   मर्छु भन्ने
तर तिम्ले सक्नु पर्छ मनको मान्छे चिन्न
तिम्ले मुटु मागेउ भने भन्दिन म दिन्न ।
 
यो संसारमा दुइ थरि छन मान्छे घाती जाती
तिम्ले  आफ़ै रोज्नु पर्छ मन मिल्ने साथी

Wednesday, July 6, 2011

गीत (लजाउदा कतिराम्री)

लजाउदा कतिराम्री नबिसाई हेरिरहु 
बिमल गिरी
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु 

रहर लाग्दा अङ्गहरु असिमित खुशी
आराधना गर्छु सधैं एकान्तमा बसी
सजिब चित्र भित्रकोर्दै तिमीलाई हेरिरहु
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु

झरनाझै सुन्दररुप कालो कोठी ओठ माथि
तलाउझै गहिरा आँखा फुलझै कोमल छाती
पातला ओठ लाम्चो निधार परेलिमा हेरिरहु
लाजलाई भित्र लुकाइ अङ्गालोमा बेरुरहु !

Sunday, July 3, 2011

गाउघरमा नै फर्क

प्रेम राना
बोक्दै छौ कि चर्को घाममा साहुको भारी
रुदै गाउघर सम्झेर बसी मुग्लान पारी
साइलो दाई फर्क अब गाउघरमा नै फर्क
गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क

बुढी आमा बाटो हेर्दै भन्छिन साइलो आउनु पर्ने
चुहिने भाछ घरको छानो यसपाली त छाउनु पर्ने
साइलो दाई फर्क अब गाउघरमा नै फर्क
गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क

जेठो दाई का छ का छ केहि अत्तो पत्तो छैन
माइलो दाई भन्छन देशमा शान्ति नआइ फर्कदैन

Sunday, June 5, 2011

मेरो देशको सेवा गर्छु -- गीत

सर्वजीत थापामगर
मेरो देशको सेवा गर्छु , मेरो माटोको माया गर्छु
मेरो माटोको माया गर्छु , मेरो देश बनाउन लड्छु
मेरो देश बनाउन लड्छु , मोरो देश बचाउन मर्छु ।

मेरो देश कसैको पेवा होइन
मेरो देश कसैको दासी बन्दैन
मेरो देश त विशाल छातीले अडिक बनेको छ
मेरो देश त आफ्नै पौरखले सिंगारिएको छ ।

मेरो देश दुई ढुङ्गाको तरुल होइन
मेरो देश कसै रम्ने थलो होइन
मेरो देश त विर सन्ततिले आर्जेको देन हो
मेरो देश त हामी स्वाभिमानी नेपालीकै हो ।

Sunday, May 29, 2011

आश्रय.. गीत

सर्वजीत थापामगर
आश्रय दियो कसैलाई उल्टो टाउको टेक्छ
अर्ति दियो कसैलाई झनै मुन्टो बेर्टाछ ।

यो दुनिया यस्तै खोज्छ मनपरी रजाई
आदर ग¥यो कसैलाई उल्टो नोकर सम्झन्छ ।

खोट कतै देखाईदियो रिसले आगो बन्छ
क्षमा दियो कसैलाई उल्टो काँतर सम्झन्छ ।

एक नएक समस्यामा अल्झेको हुन्छ मान्छे
सल्लाह दियो कसैलाई अपमान सम्झन्छ ।।

Wednesday, May 25, 2011

याद - गीत

सर्वजित थापा
गैरी बजार घुम्दै जाँदा फेरी तिम्रो याद आयो
शहिद भयौ जिवन भर दुखी रहने चोट लायो ।

हरेक वस्ति जहाँ पुग्छ तिम्रै गाथा लेख्छु
हरेक पाइला जहाँ टेक्छु तिमै छाँया देख्छु
आज फेरी एउटा ठूलो तिमलाई भेट्ने आँट आयो
शहिद भयो जिवनभर दुखिरहने चोट लायो ।

खाएकाथ्यौं ढिडो सिस्नो संगै एउटै थालमा
हिडेकाथ्यौ मोर्चा कस्न सधैं एउटै तालमा
अझै पनि कल्पनामा तिमले दिने हात आयो
शहिद भयौ जीवनभर दुखिरहने चोट लायो ।।

Sunday, May 22, 2011

जीवनको केही भर छैन -गीत

तृप्ती खड्क
जीवनको केही भर छैन
पलभरमै बिति जान्छ
अनिश्चित यात्रा, के हुने हो
कसो हुने हो, थाहा छैन

हरेकको भरोशा केही छैन
भोलीको सपना के देख्नु
आजलाई साथ पाउन नसके
भोलीलाई आश के गर्नु

मानिसको केही भर छैन
क्षणभरमै पग्ली दिन्छ
भएमा आफ्नो नभए विरानो
मिठो बोल्दै धोका दिन्छ

Saturday, May 21, 2011

देशको आवाज (गीत)

सर्वजीत थापामगर
यो देशको आवाज जनताहरुको आवाज
बोलीरहेका छन् हिमाल तराई पहाड
लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद

राप्ती भेरी सुनकोशीले गीत गाए गणतन्त्रको
डाँफे मुनाल मयुरहरु तालमा नाचे गणतन्त्रको
छेक्न कसैले नखोज आउने नौलो बिहानीलाई
राजतन्त्रको वर्वरायो मन्जुर छैन नेपालीलाई

फेरीपनि जनतालाई धोका दिन खोज्नेलाई
कस्ले बाँकी राख्छ अब देशको मुटु घोच्नेलाई
ढल्छन् अवश्य ति अग्ला पर्खालहरु षड्यन्त्रको
फल्छन् पूmल्छन, यो धर्तिमा पूmलहरु गणतन्त्रको

Saturday, November 13, 2010

मेरी उनी ( गीत )

प्रेम प्रकाश मल्ल ”महेन्द मधुकर”
                                         नेपालगंज

मेरी उनी म भित्रै छिन मेरी उनी
अन्त कतै गएकी छैनिन नि मेरी उनी

मेरी आसा अभिलासा विश्वास भरोसा
रुग्न जीवनकी संजिवनी मेरी उनी
मेरी कल्पना भावना मेरी संरचना
कविता, गित, गजल संगीत मेरी उनी

बिम्बमा प्रतिबिम्बमा आभासहरुमा
हुन्छिन, रहन्छिन भेटिन्छिन मेरी उनी

प्रकृति कै कृति समाहित
धरति पनि गगन तिनी मेरी उनी

Friday, April 23, 2010

त्यो निलो आकाश भैदिए तिमी

एस्पी कोइराला
त्यो निलो आकाश भैदिए तिमी
जुनेली रात बनेर आउँथे म
अध्यारो ठाँउमा बसेकी भए
चाँदनी बनिझ्यालबाट च्याउँथे म


बगैचा यदि भैदिए तिमी , मालीको भेषमा आउँथे म घुम्न
फूलको थुङ्गा भैदिए तिमी , इन्द्रेणी बनी धाउँथे म चुम्न

मायाको धुन रचेको भए , सुरिलो भाका थप्नलाई आइदिन्थे
मुटुमा माया बचेको भए कसिलो नाता रोप्नलाई धाइदिन्थे ।

आँसुको ढिस्का पोखेको भए , मुटुमाझ मायाले सुकाउँथे
मुस्कान तिमी भएको भए , चोरेर ल्याइ ओठमा लुकाउँथे
खोलाझैं बग्न पाएको भए , झर्नाको पानीबनेर झरिदिन्थे

पुतली बन्न भ्याएको भए , बत्तिमा परि जलेर मरिदिन्थे

त्यो निलो आकाश भैदिए तिमी
जुनेली रात बनेर आउँथे म
अध्यारो ठाँउमा बसेकी भए
चाँदनी ब िनझ्यालबाट च्याउँथे म


३ पौष २०६३