Saturday, August 6, 2011

तिम्रो यादमा जल्यो मुटु ( गीत )

सुरेन्द्र बि.क.
तिम्रो यादमा जल्यो मुटु
सल्बलाउँछ हृदय पनि
बियोगमा बाँचरिहेकै छु
एक्लै तड्पिएर पनि

तिमी संगै हुन्छु भन्यौ
हजार जुनी सम्म पनि
मुटु मेरो घाउ बनाईछोड्यौ
तिमी आज अतित बनि

चिरिन्छ छाती सम्झी हेर्दा
बिगतका ति दिन गनि
तिम्रै यादमा दिनरात बित्छन्
भौतारिदा पागल बनि

डाँडाखाली ७ सिम्ता सुर्खेत

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..