Sunday, May 9, 2010

कहाँ छ ?


आयुष  सम्मोहन

दुरदराजका गाँउघरमा विकास कहाँ छ
भाषण हडताल वार्ता तर निकास कहाँ छ

भन्न त भन्छौ नी शान्ती र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ

गरिबका सुदिन गणतन्त्रमा आउँछ भन्थेउ
अब देखाउ गास बास कपास कहाँ छ


बनावटि शब्दजालमा सोझासाझा निमुखालाई
फसाउदैछन् स्वच्छ निर्मल आकाश कहाँ छ

रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..