Saturday, May 21, 2011

देशको आवाज (गीत)

सर्वजीत थापामगर
यो देशको आवाज जनताहरुको आवाज
बोलीरहेका छन् हिमाल तराई पहाड
लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद

राप्ती भेरी सुनकोशीले गीत गाए गणतन्त्रको
डाँफे मुनाल मयुरहरु तालमा नाचे गणतन्त्रको
छेक्न कसैले नखोज आउने नौलो बिहानीलाई
राजतन्त्रको वर्वरायो मन्जुर छैन नेपालीलाई

फेरीपनि जनतालाई धोका दिन खोज्नेलाई
कस्ले बाँकी राख्छ अब देशको मुटु घोच्नेलाई
ढल्छन् अवश्य ति अग्ला पर्खालहरु षड्यन्त्रको
फल्छन् पूmल्छन, यो धर्तिमा पूmलहरु गणतन्त्रको

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..