Sunday, May 22, 2011

जीवनको केही भर छैन -गीत

तृप्ती खड्क
जीवनको केही भर छैन
पलभरमै बिति जान्छ
अनिश्चित यात्रा, के हुने हो
कसो हुने हो, थाहा छैन

हरेकको भरोशा केही छैन
भोलीको सपना के देख्नु
आजलाई साथ पाउन नसके
भोलीलाई आश के गर्नु

मानिसको केही भर छैन
क्षणभरमै पग्ली दिन्छ
भएमा आफ्नो नभए विरानो
मिठो बोल्दै धोका दिन्छ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..