Friday, May 20, 2011

मृत्यु रोपेर , फूल फक्रिन्दैन (कविता)

सुधीर ख्वबि

हिजो ,
शान्ति रोप्ने मन  गरेको  भए
आज ,
बांझो जमीनमा पनि
शान्ति फुलिरहेको हुन्थ्यो  !

हिजो ,
मृत्यु रोपेर आज
फूल फुल्नै पर्ने दावी
आग्रह हो की अभिस्टता ?

यसको अर्थ
मृगतृष्णा बन्दै गईरहेको
दावीका क्रमस: ध्वस्त
आधारकिल्ला हेर्दै
फेरि पनि ,
मृत्यु नै रोप्ने अभिस्टता जाग्छ
ती हातहरुमा ,
फूल रोप्ने होइन |

फूल रोप्ने हातहरूले
कहिले मृत्यु रोप्दैनन ......(यथार्थ... !)

यद्यपि ,
कुनै कुनै मृत्यु रोप्ने गरेका हातहरूले
फूल रोप्न सक्छ .......( अपवाद ...?)

उदाहरणको  लागि
अंगुलिमाल , रत्नाकर ....(मिथक सत्य ...?)

तर ,
मृत्यु पिपासु हातहरूले
फूल कहिले पनि रोप्दैन |

उदाहरणको लागि
ओसामा विन लादेन , दाउद इब्राहिम
आतंकवादी संजालहरु  ....(त्रासद सत्य... !)

मृत्युको उद्योग
मानवताको फूल
दुई विपरीत ध्रुव |

मातृभूमिको स्वाभिमान
अनि सार्वभौमको चासो
रास्त्रवादीताको चिन्तनको
बर्खिलापको सबूत
उग्र विनिर्माणवाद ... (विध्वंश  तथ्य... !)

यतिखेर ,
मृत्यु रोप्ने हातहरु
फूल रोप्ने हार्दिकताको अभिनय गर्दै
फूलको नाममा
पुन : मृत्यु रोप्ने अभियानमा
रास्त्रवादीको ठप्पा लगाउँदै छ ...( श्रापित यथार्थ ?)

समग्रमा,
मृत्यु रोपेर , फूल फक्रिन्दैन |

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..