Friday, May 20, 2011

जीवन (कविता)

डबल महतारा
हिमाल जस्तै अटल
यो धर्तीमा
कहिले जुन भएर उदाउँछ
कहिले तारा भएर चम्किन्छ
सागर जस्तै कञ्चन संघर्षमा
हिरा भएर बल्छ
मोती भएर फल्छ
फूल मात्र होइन काँडा पनि हो जीवन
मैदान मात्र होइन डाँडा पनि हो जीवन
जीवन संघर्ष हो
संघर्ष जीवन हो
हिमाल चढ्ने आँट गरे
पुगिन्छ टाकुरामा
संसार बदल्ने शाहस र
शक्ति छ पाखुरामा
नदी जस्तै बगिरहे सागर पुगिन्छ
हावा जस्तै बहिरहे संसार चुमिन्छ
जीवन ! सार्थक जीवन
जीउनु महानता हो
संघर्षको भुमरीमा
हाम फाल्नु महानता हो
सुखभित्रको जीवन मृत्यु हो
दुःखभित्रको जीवन मुक्ति हो
मुक्तिका लागि
अबिराम यात्रामा
रक्तसञ्चार गर्न सके
आँशुभित्रै छ हाँसो
पीडाभित्रै छ खुसी
रगतको धारमा फुल्छ जीवन
पसिनाको भेलमा फक्रिन्छ जीवन
हातका नङ्ग्रा खियाए
पैतलाका पाङ्ग्रा गुडाए
अन्धकारका बिरुद्ध
बिद्रोहको चेतना उराले
शुन्दर जीवनको
शान्त जीवनको
खुल्छ नयाँ बिहान
पुरिन्छ खुनी चिहान ।
            ११ भाद्र २०६७,

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..