Sunday, May 15, 2011

डोलीले रुवायो (गजल)

लागेन तै पनि गोलीले रुवायो
मायाले भरिएको सोलीले रुवायो ।

आफै त यो मन दुखेको छ साथी
त्यसमाथी आफ्नै भोलीले रुवायो ।

भन्यौ विन्ति टाढा गईदेउ न
के मात्र सम्झेथे बोलीले रुवायो ।

सम्झेथे माया ख्याल ठट्टा रहेछ
जाँदा पो उनको डोलीले रुवायो ।

आयुष सम्मोहन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..