Monday, May 9, 2011

उस्को मन खाली थियो (गजल)

निर्मला अवस्थी
मैले बास माग्न जाँदा उस्को मन खाली थियो
दूई जना अटाउने सानो एउटा पाली थियो।।

रमाइदिएँ त्यै पालीमा गुराँस जस्तै फूलिदिए
हाम्रो बाग सजाउने उ चाहीं राम्रो माली थियो।।

उस्को अरू को थियो र आँखाको म नानी भएँ
मेरो पनि उ नै एउटा समाउने डाली थियो।।

आँशु सबै उधारेर हासो खोजी टालिदिएँ
त्यसपछि त जीवनमा सबै तिर लाली थियो

खुशीको गीत उसले रच्यो मैले त्यही गाइदिएँ
त्यो गीतमा धुन भर्ने हाम्रै हातको ताली थियो।।

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..