Sunday, July 3, 2011

गाउघरमा नै फर्क

प्रेम राना
बोक्दै छौ कि चर्को घाममा साहुको भारी
रुदै गाउघर सम्झेर बसी मुग्लान पारी
साइलो दाई फर्क अब गाउघरमा नै फर्क
गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क

बुढी आमा बाटो हेर्दै भन्छिन साइलो आउनु पर्ने
चुहिने भाछ घरको छानो यसपाली त छाउनु पर्ने
साइलो दाई फर्क अब गाउघरमा नै फर्क
गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क

जेठो दाई का छ का छ केहि अत्तो पत्तो छैन
माइलो दाई भन्छन देशमा शान्ति नआइ फर्कदैन

साइलो दाई फर्क अब गाउघरमा नै फर्क
मेलापात जाउला सगै  मुग्लान बाट फर्क

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..