Tuesday, October 18, 2011

पाइन घर बिदा _ गीत

प्रेम निशानी मगर
परदेशीलाई हुदो रैछ खाली चोट पीडा
चाडपर्ब आउदा पनि पाइन घर बिदा 

दसैँ  तिहार आउदा याद आउने घरको 
भागी आउने कुरा भईन देश पर्यो अर्को
बन्धकीको घर खेत पनि साहुले नै लिदा
परदेशीलाई हुदो रैछ खाली चोट   पीडा

थालीमा नै सुकी जादा जमरा रातो टिका
कति रोलिन् मेरी आमा बगाउदै आसु ढिका
मनको रहर मनै भित्रै बिना अर्थ सकिदा
परदेशीलाई हुदो रैछ खाली चोट   पीडा
                     
                        दुबई

3 comments:

  1. के गर्नु हजुर माओबादी आएर देश मा रोजगारी सिर्जना गर्लान र सबै नेपाली नेपालमै बसेर काम गर्न पाईएला भन्ने सोचेका हामी सबै नेपाली को त्यो आश अब पुरा नहुने भै गो |

    अब हामी पनि विदेश तिरै लाग्नु पर्ला जस्तो लाग्दै छ |
    गरिब हुनु को पिडा दुखदायी छ

    ReplyDelete
  2. प्रेम जी वास्तबमा तपाँइको गीतले विदेशिएका हजारौं नेपालीको कथाब्यथा बोकेको छ । वास्तविकतालाई झल्काइरहेको मर्मस्पर्सि गीत छ ...

    ReplyDelete
  3. keshab ji , aayush ji geet padher mitho comments ko lagi dherai aabhari chu ...tapaiharuko satha yesari nai pairakhu....

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..