Wednesday, May 25, 2011

याद - गीत

सर्वजित थापा
गैरी बजार घुम्दै जाँदा फेरी तिम्रो याद आयो
शहिद भयौ जिवन भर दुखी रहने चोट लायो ।

हरेक वस्ति जहाँ पुग्छ तिम्रै गाथा लेख्छु
हरेक पाइला जहाँ टेक्छु तिमै छाँया देख्छु
आज फेरी एउटा ठूलो तिमलाई भेट्ने आँट आयो
शहिद भयो जिवनभर दुखिरहने चोट लायो ।

खाएकाथ्यौं ढिडो सिस्नो संगै एउटै थालमा
हिडेकाथ्यौ मोर्चा कस्न सधैं एउटै तालमा
अझै पनि कल्पनामा तिमले दिने हात आयो
शहिद भयौ जीवनभर दुखिरहने चोट लायो ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..