Saturday, November 13, 2010

मेरी उनी ( गीत )

प्रेम प्रकाश मल्ल ”महेन्द मधुकर”
                                         नेपालगंज

मेरी उनी म भित्रै छिन मेरी उनी
अन्त कतै गएकी छैनिन नि मेरी उनी

मेरी आसा अभिलासा विश्वास भरोसा
रुग्न जीवनकी संजिवनी मेरी उनी
मेरी कल्पना भावना मेरी संरचना
कविता, गित, गजल संगीत मेरी उनी

बिम्बमा प्रतिबिम्बमा आभासहरुमा
हुन्छिन, रहन्छिन भेटिन्छिन मेरी उनी

प्रकृति कै कृति समाहित
धरति पनि गगन तिनी मेरी उनी

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..