Sunday, November 14, 2010

गजल "मेरै नाम थियो"

के पो थियो बन्द खाममा मेरै नाम थियो ।
प्रियसीको बदनाममा मेरै नाम थियो ।

बैगुनीको माया जालमा परेकाहरु धेरै
आषिकको त्यही लाममा मेरै नाम थियो ।

दुःख पिडा हराएर होली खेल्दै उमङ्गको
रमाईरहुँ लाग्ने गाममा मेरै नाम थियो ।

मगमगाउदो फुल फुलाउन तिम्रो मनको बगैचामा
माली बनी गर्ने काममा मेरै नाम थियो ।
आयुष  सम्मोहन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..