Thursday, November 18, 2010

मार्यो हजुर लोडसेडिङले

पार्यो हजुर लोडसेडिङले, लौ कहरै पार्यो
मार्यो हजुर लोडसेडिङले, लौ ठहरै मार्यो

जलस्रोतमा धनी देश, मात्र भन्ने कुरा भो
बार्यो हजुर लोडसेडिङले, लौ रहरै बार्यो

बत्ती छैन लाइन गयो, नयाँ नेपाल नारा भो
हार्यो हजुर लोडसेडिङले, लौ लहरै हार्यो

बन्द भए उद्योग-धन्दा, इलम बेरोजगार भो
झार्यो हजुर लोडसेडिङले, लौ जहरै झार्यो

नदी-खोला भाग लागे, सुन्दा पनि लाज भो
दार्यो हजुर लोडसेडिङले, लौ टहरै दार्यो


विकासमा राजनीति भो, कुम्लो ठिमीतिर भो
सार्यो हजुर लोडसेडिङले, लौ नहरै सार्यो

टेकेन्द्र अधिकारी
विराटनगर
( मंसिर १ गतेदेखि २९ घण्टे लोडसेडिङको खबर पढ्दा मनमा यस्तो भावना आयो । त्यसलाई लिपिबद्ध गरेर यहाँहरु समक्ष पस्किएको छु । सबै नेपालीको साझा समस्यालाई उजार गर्न खोजेको हुँ । )

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..