Sunday, July 17, 2011

एकनजर - गजल

जनक डि.सी.
अमिट छाप कसैले, छोडेर जान्छ
जब नजरमा एकनजर जोडेर जान्छ

उजाड बस्ती मा, रोपेर फूलहरु
सीञ्चीत मायाले गोडेर जान्छ ।

नतमस्त मृत्युन्जय, पर्खेको बेला
सार्थकता ज्युनुतिर मोडेर जान्छ ।

पत्थर सम्झीनुस, जति मन लाई
तीर बर्षाइ नजरले तोडेर जान्छ ।

पलाउछन पालुवाहरु, हृदय, जब
सिन्दुर घम्टो आफ्नै ओडेर जान्छ ।।
नेपालगंज

5 comments:

  1. Janak jee lau hai Gajal chai ramro lekhnu vayako rahe6 अमिट छाप कसैले, छोडेर जान्छ
    जब नजरमा एकनजर जोडेर जान्छ kaslai ho ..?

    ReplyDelete
  2. Ritu ji thanks for comments. sabai mayalu man haru lai vannu par6 sayad.

    ReplyDelete
  3. एकदम मिठो गजल जनक जी .. यस्तै मिठा गजलहरु अरुपनि पढ्न पाँउ है ..

    ReplyDelete
  4. धन्यवाद आयुष जी मिठो प्रतिक्रियाकोलागी . आगामी दिन मा पनि प्रयाश जारी रहने छ

    ReplyDelete
  5. जब नजरमा एकनजर जोडेर जान्छ................
    janak jee kohi gayo ??

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..