Friday, July 15, 2011

एकदिन भानु भक्त

प्रेम ओली
एक दिन सुटुक्क
भानुभक्त कान्तिपुरी आए
हरियाली ति फाटहरुमा
महलहरु पाए ।

खोज्दै अल्कापुरी
कयौ चक्कर लाए
घरै  घरको जङ्गलमा
खानु ठक्कर खाए ।

धुवा धुलो फोहरको
नाकमा पर्रा आए
तिर्खा लाग्दा जल ठानी
कोक   ठर्रा  खाए ।

स्वोर्गका परीहरु
डिस्कोहरुमा छाए
कोही आए चुम्न
कोही डस्न आए।


छलकपट ब्यबचारी
सस्कृती यहाँ पाए
बिदेशिको नक्कल गर्ने
बिकृती यहाँ पाए ।

भ्रष्टचारी अत्याचारी
शासन  गर्ने देखे
झुटको सपना देखाइ
भाषन गर्ने देखे ।

सानो एउटा कामलाई
दिनहु कार्यालय धाए
कसैले दोहन गरे
कसैले दाए।

कालो धन्दा चर्को चन्दा
मौलाएको पाए
बुद्धीजिबी सज्जनबृन्द
बौलाएको पाए ।

कान्तिपुरी-भ्रान्त्तिपुरी
अल्कापुरी-ढल्कापुरी देखे
फर्की फेरी नआउनलाई
अन्तिम पाइला टेके 


दाङ्ग 
हाल काठमाण्डौ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..