Friday, July 15, 2011

गजल

एल के चेम्जोङ्ग
तिमी बिना एक पल हाँसो छैन यहाँ
पल पल रुन्छ गजल हाँसो छैन यहाँ

छ तनमा आराम छ मनमा सँग्राम
हेर्दा यो भब्य महल हाँसो छैन यहाँ

देख्नेहरु भन्छन् नी कती खुशी कती
यो त केवल नक्कल हाँसो छैन यहाँ

सयौँ कोष उता भुइँचालो आयो अरे
भयो यता हलचल हाँसो छैन यहाँ

जिन्दगीको चौतारीमा एक्लो बर भएँ
न पीपल न शीतल हाँसो छैन यहाँ
-फाक्तेप-७ पाँचथर ,

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..