Monday, July 18, 2011

गजल

-नबराज बुढा "नबिन उदासी"
चाँदै आउ तिम्रै बाटो कुर्छु भन्थ्यौ  पहिले
तिमि नआए, झुन्दिएरै मर्छु भन्थ्यौ पहिले।

दुनियाँले आँखा गाड्न थाले मै माथि आज
वास्तै गर्दिन, तिम्रै तस्बिर हेर्छु भन्थ्यौ पहिले।

भन्छौ फुली सक्यो  जवानी, बैशको बगैचामा
टिप्न आउ नत्र फुल जस्तै झर्छु भन्थ्यौ पहिले।

हाँस्दा संगै, हाँस्ने  रुंदा संगै रुने बाचा हाम्रो
फेवातालाझें मेरो आँशु संगै तर्छु भन्थौ पहिले।

छिट्टै आउन ए ! मेरो हजुर मुग्लानमा के छ र ?
अब तिमि नआए अन्तै बिहे गर्छु भन्थ्यौ पहिले ।
                  बुढागाउँ-७, चक्री टोल पोखरिय रोल्पा।
                 हाल: प्रबासिभुमी पाहाङ, मलेशिया

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..