Friday, September 2, 2011

फेरी केही टुक्राटाक्री

प्रेम वली
१ प्रधान मन्त्री
सोझा जनतालाई
चर्को ब्याजमा
तम्सुक लेखाउने
गाउको मुखिया बा।

२: मन्त्री
जनताको भकारी सोर्दै
सरकारको ढुकुटी फोर्दै
आफ्नो सामा जोर्दै
कहिलै नअघाउने
झुसली किरो
 
3: प्रशासन
मुखिया बाको
चाकडै गर्दै
सोझालाई थर्काउदै
फटाहलाई तर्साउदै
गोबर सङ्कलन गर्ने
गोब्रे किरो ।
 
४ योजना प्रमुख
कसरी बाड्दा
अरुलाई किलो
आफुलाई धार्नी पार्ने
लोभि स्याल ।

५:डाक्टर
कुनै आपतले
गौशालामा आएको
गाईलाई 
दुधमात्र होइन
रगत पनि चुस्ने
किर्नो किरो ।
 
समाज सेबी
भन्नेलाई सेवा
आफुलाई मेवा
समुन्द्रको माछा
बकुला भक्त ।

६: हाकिम
अरु छिटो आउँदा
ढिला आउने
अरु ढिला आउँदा
छिटो आउने
पुरानो रेल ।

७: भ्रष्टचार
जती मार्यो
उती फैलने
माखेसाङ्गलो ।

८: फेसन
पुरानो सिसी
नयाँ रक्सी
छुदा डमी
हेर्दा सेक्सी।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..